यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, अनुवाद तथा दोभाषे सेवालाई 131 450 मा फोन गर्नुहोस्।
किन खोप लगाउनु पर्छ?
खोपहरू सुरक्षित र प्रभावकारी हुन्छन् मानिसहरूलाई COVID-19 बाट धेरै बिरामी हुनबाट जोगाउन। भाइरसविरुद्ध अधिकतम सुरक्षा सुनिश्चित गर्नका लागि खोपहरूसँग अद्यावधिक रहनु महत्त्वपूर्ण छ।
किन खोप लगाउनु पर्छ?
खोपहरू सुरक्षित र प्रभावकारी हुन्छन् मानिसहरूलाई COVID-19 बाट धेरै बिरामी हुनबाट जोगाउन। भाइरसविरुद्ध अधिकतम सुरक्षा सुनिश्चित गर्नका लागि खोपहरूसँग अद्यावधिक रहनु महत्त्वपूर्ण छ।
खोप कसरी लिने?
खोपहरू यहाँ उपलब्ध छन्:
- जीपीहरूकोमा
- जीपी रेस्पिरेटरी
- फार्मेसीहरुमा
- सामुदायिक स्वास्थ्य सेवाहरुमा
यदि तपाईंसँग पहिलेदेखिका अवस्थाहरू छन् वा तपाईंलाई कति वटा डोजहरू चाहिन्छ भन्नेबारे निश्चित हुनुहुन्न भने तपाईंले GP सँग कुरा गर्नुपर्छ।
खोपहरू निःशुल्क छन्, र तपाईंलाई खोप लगाउनको लागि मेडिकेयर कार्डको आवश्यकता पर्दैन।
कसले खोप लगाउन पाउँछ?
५ वर्ष र माथिका सबैजना खोपका लागि योग्य छन्। ६ महिना र ५ वर्षमुनिका केही बालबालिकाहरू खोपका लागि योग्य छन् यदि तिनीहरू:
- इम्युनोकम्प्रोमाइज्ड अर्थात् रोगप्रतिरोधात्मक क्षमता कम छ भने
- अपाङ्गता (अशक्त) हुनुहुन्छ
- धेरै स्वास्थ्य अवस्थाहरू छन्।
ओमिक्रोन भेरिएन्ट (प्रकार) हरूलाई लक्षित गर्ने नयाँ बाईभ्यालेन्ट खोप १८ वर्ष र माथिका सबैका लागि बूस्टर डोजको रूपमा उपलब्ध छ।
तपाईं र तपाईंको बच्चालाई कति मात्रा र कुन खोप सिफारिस गरिन्छ भन्नेबारे GP सँग कुरा गर्नुहोस्। थप जानकारीको लागि, खोप लगाउनुहोस् (Get हेर्नुहोस्।
तपाईंको खोप लगाएपछि
तपाईंलाई साइड इफेक्ट हुन सक्छः जस्तै तपाईंलाई सुई लगाएको ठाउँमा दुख्ने, थकान, मांसपेशी दुखाइ, ज्वरो वा चिसो र जोर्नी दुखाइ। साइड इफेक्ट सामान्य हो र खोपले काम गरिरहेको संकेत हो। तिनीहरू सामान्यतया हल्का हुन्छन् र एक वा दुई दिनपछि जान्छन्।
गम्भीर साइड इफेक्ट धेरै दुर्लभ छन्। यदि तपाईं चिन्तित हुनुहुन्छ भने, वा केही दिनपछि पनि कुनै साइड इफेक्टहरू हटेका छैनन् भने आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
COVID-19 खोपबारे जानकारी
सबै खोपहरू अष्ट्रेलियामा प्रयोग गर्नुअघि अष्ट्रेलियन चिकित्सकीय सामान प्रशासन (Australian Therapeutic Goods द्वारा तयार गरिएको कडा सुरक्षा मापदण्डहरू पूरा गर्नुपर्छ। खोपहरू योग्य स्वास्थ्य चिकित्सकहरूद्वारा लगाइन्छन्।
अष्ट्रेलियामा ४ वटा खोपहरू उपलब्ध छन् र प्रयोगको लागि स्वीकृत छन्:
- फाइजर (Pfizer)
- मोडर्ना (Moderna)
- नोभाभ्याक्स (Novavax)
- एस्ट्राजेनेका (AstraZeneca)
मानिसहरूले उनीहरूको उमेर र स्वास्थ्य अवस्थाको आधारमा विभिन्न खोपहरू प्राप्त गर्न सक्छन्। तपाईंको लागि कुन खोप सही छ भनी पत्ता लगाउन GP सँग कुरा गर्नुहोस्।
थप जानकारी
तपाईंको खोपको अर्को डोज GP को मा वा स्थानीय फार्मेसीमा लगाउन खोप क्लिनिक खोजकर्ता (vaccine clinic प्रयोग गरेर बुक गर्नुहोस्। थप जानकारीको लागि, राष्ट्रिय कोरोनाभाइरस हेल्पलाइनलाई 1800 020 080 मा फोन गर्नुहोस्।
Reviewed 12 December 2022