vic_logo
coronavirus.vic.gov.au

शिक्षा (Education) - नेपाली (Nepali)

कोरोनाभाइरस (COVID-19) को समयमा शिक्षामा परिवर्तन र आमाबाबु र अभिभावकहरूको लागि सहायता।

तपाईंले अंग्रेजी भाषामा हाम्रो  शिक्षा -अभिभावक, विद्यार्थी र शिक्षकका लागि जानकारी (Education – information for parents, students and educators) पृष्ठमा थप जानकारी फेला पार्न सक्नुहुन्छ।

यदि तपाईंलाई आफ्नो भाषामा थप मद्दतको आवश्यकता छ भने, तपाईंले 131 450 मा राष्ट्रिय अनुवाद तथा दोभाषे सेवा (TIS National) लाई फोन गर्नुहोस् र दोभाषे माग्नुहोस्, त्यसपछि कोरोनाभाइरस (COVID-19) हटलाइन नम्बर  1800 338 663 मा सम्पर्क गराइदिन अनुरोध गर्नुहोस्।

बाल स्याहार र किन्डरगार्टेन मा कहिले फर्कने (Returning to child care and kindergarten)

सोमबार 5 अक्टोबर देखि।

महानगरीय मेलबर्न र क्षेत्रीय र ग्रामीण भिक्टोरिया भरिका सबै बालबालिकाहरू

  • बाल स्याहार (लामो दिवा हेरचाह (Long Day Care) वा परिवारिक दिवा हेरचाह (Family Day Care)) मा फर्कन सक्नुहुन्छ
  • स्थलगत सत्रीय किन्डरगार्टेनमा फर्कन सक्नुहुन्छ

यो भिक्टोरियालाई पुनः खोल्ने भिक्टोरिया सरकार रोडम्यापको तेस्रो चरणको एक कदम हो।

रोडम्याका चरणहरू कोरोनाभाइरस (COVID-19) संक्रमणको गिरावटमा निर्भर गर्दछ।

हामीले भिक्टोरियाको मुख्य स्वास्थ्य अधिकारीको सल्लाह बमोजिम कुनै कुरा परिवर्तन गर्नु आवश्यक हुनसक्छ।

तपाईं आफ्नो बच्चाको सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ भन्ने हामीले बुझेकाछौं । हाम्रीले पाएको सल्लाह अनुसार बाल स्याहार र किन्डरगार्टेन सुरक्षित स्थानहरू हुन् र यहाँ कोरोनाभाइरस (COVID-19) को जोखिम कम हुन्छ।

हामीलाई यो कुराः

  • भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारीले र
  •  Australian Health Protection Principal Committee (AHPPC) ले बताउनु भएको छ।

लक-डाउन नियमहरूका आधारमा बाल स्याहार र किन्डरगार्टेनमा स्थलगत उपस्थितिमा परिवर्तन गरिएको थियो । समुदायमा थोरै मान्छेहरूको आवतजावत कायम गर्न नियमहरू लागू गरिएका थिए ।

बाल स्याहार र किन्डरगार्टेनका बच्चाहरू वा कर्मचारीहरूको लागि असुरक्षित स्थान भएको कारण यो लागू गरिएको होईन।

तपाईंको बाल स्याहार र किन्डरगार्टेन मा एक COVIDSafe योजना हुनेछ। यस अन्तर्गत कोठा र उपकरणको नियमित सफाई जस्ता स्वास्थ्य र सुरक्षा कार्यविधिहरू समावेश छन्।

बाल स्याहार र किन्डरगार्टेनमा जानु सबै बच्चाहरूको लागि महत्त्वपूर्ण हुन्छ। उनीहरूको शिक्षा र विकासको लागि उनीहरू उपस्थित हुनु आवश्यक छ। विशेष गरी तपाईंको बच्चालाई 2021 मा प्रेप (Prep) मा पठाउन तयारी सुरु गर्नका लागि यो महत्त्वपूर्ण छ।

बच्चाहरूको लागि 2021 मा प्रेप (Prep) मा सुरु गर्न स्कूलहरू तयार हुनेछन् (Schools will be ready for children starting Prep in 2021)

2021 मा बच्चालाई प्रेप (Prep) मा पठाउन तयारी गर्न किन्डरगार्टेन र स्कूलहरू तपाईंको परिवार र बच्चासँगलाई मिलेर सहकार्य गर्दैछन्।

स्कूलको सत्र 1 मा, यो वर्षको योजना अनुसार स्थलगत किन्डरगार्टनमा जान नपाएका चार-वर्षे -किन्डरगार्टनका बच्चाहरूलाई मद्दत गरिनेछ।

2021 मा प्रेप सुरू गर्न बच्चाहरूलाई सहयोग पुर्याउनको लागि स्कूलहरूले निम्न लगायत धेरै गतिबिधि गरिरहेका छन्:

  • अनलाइन स्कूल र कक्षा कोठाहरूको भ्रमण
  • 'प्रिन्सिपललाई भेट्नुहोस्' भिडियोहरू
  • 'प्रेप टोलीसँग भेट्नुहोस्' भिडियो वार्तालापहरू
  • किन्डरगार्टेनर प्रेप शिक्षक बैठकहरु
  • 5 कक्षाका विद्यार्थीहरूलाई 'प्रेप-साथी' बन्न प्रशिक्षण।

यदि तपाईंले 2021 मा प्रेप सुरु गर्नको लागि आफ्नो बच्चाको नाम दर्ता गर्नुभएको छैन भने, हामी तपाईंलाई अब स्कूलहरू हेर्न थाल्न प्रोत्साहित गर्छौ । जतिसक्दो चाँडो आफ्नो बच्चाको नाम यथाशिघ्र दर्ता गर्नु उत्तम हुन्छ। शिक्षा तथा प्रशिक्षण विभागको वेबसाइटमा स्कूल सुरू गर्ने बारेमा उपयोगी जानकारी पाईन्छ।

2021 मा प्रेप कस्तो होला भन्ने बारे थाहा पाउन तपाईंको बच्चाको स्कूलको कर्मचारीसंग कुरा गर्नुहोस्।

तपाईंको बच्चाको किन्डरगार्टेन शिक्षकले बच्चालाई किन्डरगार्टेनबाट स्कूलमा पठाउने प्रक्रियाको योजना बनाउन सहयोग गर्न सक्छ।

के तपाईंलाई दोभाषे चाहिन्छ?

तपाईंको किन्डरगार्टनलाई 9280 1955 मा फोन गरेर वा यस वेबसाइटमा गएर दोभाषे व्यवस्था गर्न आग्रह गर्नुहोस्।

स्वस्थ र सुरक्षित रहनको लागि तपाईले गर्न सक्ने कुराहरू (Things you can do to stay healthy and safe)

तपाईंको बाल स्याहार र किन्डरगार्टेनले तपाईंको बच्चा र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्न निम्न सावधानी अपनाउछन्:

  • बच्चाहरू बाल स्याहार केन्द्रमा वा किन्डरगार्टन पुगेपछि दिनदिनै उनीहरूको तापक्रम जाँच गर्ने
  • नियमित रूपमा भवनहरू र उपकरणहरूको सरसफाइ गर्ने
  • वयस्कलाई अनुहारमा मास्क लगाउन आग्रह गर्ने
  • अस्वस्थ महसुस गरेका बच्चाहरू वा आमाबाबुलाई घरमा बस्न प्रोत्साहन गर्ने । उनीहरूले तपाईंलाई कोरोनाभाइरस (COVID-19) को परीक्षण गराउन पनि प्रोत्साहित गर्नेछन्।

हामी तपाईंलाई तपाईंको घरमा राम्रो सरसफाइको अभ्यास सहित निम्न कुराहरू गर्न आग्रह गर्छौः

  • बाल स्याहार र किन्डरगार्टेनमा आउनु भन्दा पहिले आफ्नो हात धुनुहोस् वा हात सेनिटाईजर प्रयोग गर्नुहोस्
  • बाल स्याहार र किन्डरगार्टेन तथा घरबाट बाहिर निस्कदा कुनै पनि समयमा अनुहारमा मास्क लगाउनुहोस्
  • तपाईंसँग बसोबास नगर्ने मानिसहरूबाट 1.5 मिटर टाढा बस्नुहोस्। यसमा तपाईंको बाल स्याहार र किन्डरगार्टेनका कर्मचारी र अन्य परिवारहरू पनि पर्छन्।
  • खोकि तथा हाच्छ्युँ गर्दा एक टिश्यु वा आफ्नो कुहिनाले छोप्नुहोस्। खोकि वा हाच्छ्युँ पछि सधैं आफ्ना हातहरू धुनुहोस्।
  • अस्वस्थ महसुस गर्नु हुन्छ भने घरमै बस्नुहोस् । यदि तपाई अस्वस्थ महसुस गर्नुहुन्छ भने तपाईले कोरोनाभाइरस (COVID-19) को परीक्षण गराउनु पर्छ। तपाईलाई फेरि सञ्चो नभएसम्म घरमै बस्नु पर्छ।

Reviewed 06 November 2020

24/7 Coronavirus Hotline

If you suspect you may have COVID-19 call the dedicated hotline – open 24 hours, 7 days.

Please keep Triple Zero (000) for emergencies only.

Was this page helpful?