यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, अनुवाद तथा दोभाषे सेवालाई 131 450 मा फोन गर्नुहोस्।
यो पृष्ठमा
COVID-19 बाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ
COVID-19 अझै पनि समुदायमा फैलिरहेको छ। यसले अझै पनि केही मानिसहरूलाई धेरै बिरामी बनाउन सक्छ। आफूलाई बचाउनु नै अरूलाई बचाउने सबैभन्दा राम्रो तरिका हो। यदि तपाईंलाई COVID छैन भने तपाईंले COVID सार्न सक्नुहुन्न।
परीक्षण गराउनुहोस्
घरमै बस्नुहोस् र द्रुत एन्टिजेन परीक्षण (RAT) गर्नुहोस् यदि तपाईं/तपाईंको:
- नाकमा पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने वा चिसो लाग्नेजस्ता लक्षणहरू छन्।
- COVID-19 भएको कसैको सम्पर्कमा आएको व्यक्ति हो।
यदि तपाईंको परीक्षण नेगेटिभ छ भने, तपाईंले आगामी केही दिनको लागि द्रुत एन्टिजेन परीक्षणहरू प्रयोग गरिरहनु पर्छ र तपाईंको लक्षणहरू नजाउन्जेल घरमै बस्नुहोस्।
यदि तपाईंले द्रुत एन्टिजेन परीक्षण गर्दा पोजिटिभ नतिजा आएमा तपाईंले आफ्नो परिणाम स्वास्थ्य विभागमा रिपोर्ट गर्नुपर्छ। तपाईं परिणाम वा 1800 675 398 मा फोन गरेर रिपोर्ट गर्न सक्नुहुन्छ। यदि तपाईंले आफ्नो नतिजा रिपोर्ट गर्नुभयो भने, तपाईंले निःशुल्क चिकित्सा हेरचाह र COVID औषधिहरू प्राप्त गर्न सक्नुहुन्छ।
यदि तपाईं COVID-19 बाट धेरै बिरामी हुन सक्नुहुन्छ भने PCR परीक्षणको लागि GP लाई अनुरोध गर्नुहोस्। यदि तपाईंले गरेको PCR परीक्षणमा पोजिटिभ परिणाम आयो भने तपाईंले आफ्नो परिणाम रिपोर्ट गर्नु पर्दैन।
COVID-19 परीक्षण गर्नुहोस् (Get a COVID-19 मा थप जानकारी हेर्नुहोस्।
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्
यदि तपाईंले COVID-19 का लागि पोजिटिभ परीक्षण प्राप्त गर्नुभयो भने तपाईंले आराम गर्नुपर्छ र GP सँग कुरा गर्नुपर्छ। अधिकांश मानिसहरूमा हल्का लक्षणहरू हुनेछन् र घरमै निको हुन सक्छन्। तपाईंले निम्न कुराहरू गर्नुपर्छ:
- कम्तिमा ५ दिन घरमै बस्नुहोस्। काम वा विद्यालयमा नजानुहोस्। अस्पताल, वृद्ध हेरचाह केन्द्र र अपांगता सेवाहरूबाट टाढा रहनुहोस्।
- आपतकालीन अवस्थामा घरबाट बाहिर निस्कनु परेमा मास्क लगाउनुहोस्। सबैभन्दा राम्रो मास्क सर्जिकल वा N95 मास्क हो।
- तपाईंले भेट्नुभएको वा तपाईंले हालै गएका ठाउँका मानिसहरूलाई बताउनुहोस् कि तपाईंलाई COVID छ।
यदि तपाईंका लक्षणहरू झन् बढ्दै गएमा, तपाईंले जीपीसँग कुरा गर्नुपर्छ वा जीपी श्वासप्रश्वास (GP Respiratory Clinic) मा सम्पर्क गर्नुहोस्।
तपाईंले राष्ट्रिय कोरोनाभाइरस हेल्पलाइन (National Coronavirus लाई 1800 020 080 मा फोन गर्न पनि सक्नुहुन्छ।
यदि तपाईं GP सँग कुरा गर्न सक्नुहुन्न भने तत्काल हेरचाहको लागि भिक्टोरियाको भर्चुअल आपतकालीन विभाग (Virtual Emergency ) लाई फोन गर्नुहोस्।
आपतकालिन अवस्थामा तीन शून्य (000) मा फोन गर्नुहोस्।
तपाईं १० दिनसम्म संक्रामक हुन सक्नुहुन्छ। यदि तपाईंलाई नाक बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, चिसो लाग्ने, पसिना आउने वा श्वास फेर्न गाह्रो भएमा घरमै बस्नुपर्छ। यदि तपाईं निश्चित हुनुहुन्न भने द्रुत एन्टिजेन परीक्षण (RAT) प्रयोग गर्नुहोस् वा GP सँग कुरा गर्नुहोस्।
सहायता
थप जानकारीको लागिः
- यदि तपाईंले COVID-19 को लागि पोजिटिभ परीक्षण प्राप्त गरे के गर्ने थाहा पाउन COVID-19 को लागि हेर्नुहोस्।
- लक्षणहरू र घरमा तपाईंको स्वास्थ्यको हेरचाह का लागि COVID-19 को हेर्नुहोस्।
कसैसँग कुरा गर्न:
- राष्ट्रिय कोरोनाभाइरस लाई 1800 020 080 मा फोन गर्नुहोस्।
- अनुवाद र दोभाषे सेवामा 131 450 फोन गर्नुहोस्।
COVID औषधिहरूको बारेमा सोध्नुहोस्।
COVID-19 को औषधिले जीवन बचाउँछ र मानिसहरूलाई धेरै बिरामी हुनबाट रोक्छ। औषधि सकेसम्म चाँडो लिनुपर्छ र राम्रो काम गर्न बिरामी भएको ५ दिनभित्र लिनुपर्छ।
तपाईं COVID औषधिहरूको लागि योग्य हुनुहुन्छ वा छैन भनी पत्ता लगाउन यी को उत्तर दिनुहोस्। यदि तपाईं योग्य हुनुहुन्छ भनी सोच्नुहुन्छ भने GP सँग कुरा गर्नुहोस्। योग्य व्यक्तिहरूले छिट्टै उपचार पाउँछन् भनी सुनिश्चित गर्न एक जीपीले मद्दत गर्न सक्छन्
थप जानकारीको लागि एन्टिभाइरल र अन्य औषधिहरू (Antivirals and other हेर्नुहोस्।
मास्क लगाउनुहोस्
मास्कले तपाईंलाई COVID-19 सर्न र फैलाउनबाट रोक्न सक्छ। मास्क राम्रो गुणस्तरको हुनुपर्छ र अनुहारमा राम्रोसँग फिट हुनुपर्छ। N95 र P2 मास्क (रेस्पिरेटर) ले सबैभन्दा धेरै सुरक्षा दिन्छ।
तपाईंले निम्न अवस्थामा मास्क लगाउनु पर्छ:
- सार्वजनिक यातायातमा, सार्वजनिक स्थानभित्र, र बाहिर भीडभाड भएको ठाउँमा।
- यदि तपाईंलाई COVID-19 छ र घर छोड्नु पर्छ भने
- यदि तपाईं वा कोही धेरै बिरामी पर्ने उच्च जोखिममा हुनुहुन्छ भने।
२ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु हुँदैन किनकि यसले श्वास थुनिने र निसास्सिने खतरा हुन्छ।
थप जानकारीको लागि नाकमुख छोप्ने मास्क (Face हेर्नुहोस्।
तपाईंको खोपको अर्को डोज लगाउनुहोस्।
खोपहरू आफैँलाई र परिवारलाई COVID-19 बाट धेरै बिरामी हुनबाट जोगाउने उत्तम तरिका हो। तपाईंको लागि सिफारिस गरिएका खोपहरु अद्यावधिक रूपमा तपाईंले लगाउनु पर्छ। कति डोजहरू सिफारिस गरिएको छ भन्ने पत्ता लगाउन GP सँग कुरा गर्नुहोस्।
यदि तपाईंलाई COVID-19 भइसकेको छ भने पनि तपाईंले अझै खोप लगाउनु पर्छ। तपाईंको अर्को मात्रा GP वा स्थानीय फार्मेसीमा बुक गर्नका लागि खोप क्लिनिक खोज (vaccine clinic प्रयोग गर्नुहोस्।
थप जानकारीको लागि COVID-19 को हेर्नुहोस्।
ताजा हावा भित्र जान दिनुहोस्।
COVID-19 हावामा फैलिन्छ। भित्री ठाउँमा ताजा हावा ल्याउनाले COVID-19 फैलने जोखिम कम गर्न सक्छ। घरभित्र अरूसँग भेला हुँदा सम्भव भए झ्याल वा ढोकाहरू खोल्नुहोस्। यदि तपाईं सक्नुहुन्न भने, तपाईंले पोर्टेबल एयर क्लिनर (HEPA फिल्टर) प्रयोग गर्न सक्नुहुन्छ जसले हावाबाट एरोसोल कणहरू हटाउँछ।
थप जानकारीको लागि भेन्टिलेसन हेर्नुहोस्।
COVID-19 बाट निको हुँदा
धेरै व्यक्तिहरूले संक्रामक नभइसकेपछि COVID-19 बाट अस्वस्थ महसुस गर्नेछन्। तपाईंको शरीरलाई ठीकसँग निको हुन हेरचाह र समय दिनुहोस्।
तपाईंले खोपको अर्को डोज लगाउनु अघि, संक्रमित भएपछिको ३ महिना पर्खनुपर्छ। यसले तपाईंलाई भाइरसविरुद्ध उत्तम सुरक्षा प्राप्त गर्न सुनिश्चित गर्नेछ।
तपाईंलाई COVID-19 निको भएको ४ हप्तापछि पुनः लाग्न सक्छ। यदि तपाईंलाई संक्रमित भएको ४ हप्ता वा सोभन्दा बढी पछि लक्षणहरू देखा परेमा, तपाईंले परीक्षण गराउनुपर्छ।
COVID-19 को लक्षण ३ महिनाभन्दा बढी रहेमा यो दीर्घकालीन कोभिड (Long COVID) हो। तपाईंले आफ्नो जीपीलाई भेट्नु पर्छ जसले तपाईंलाई तपाईंको लक्षणहरू व्यवस्थापन गर्न मद्दत गर्न सक्छ वा यदि आवश्यक भए तपाईंलाई विशेषज्ञकहाँ पठाउनु पर्छ।
थप जानकारी दीर्घकालीन COVID (Long मा हेर्नुहोस्।
यदि तपाईं 'सम्पर्क' (contact) हुनुहुन्छ भने
यदि तपाईंले घर साझा गर्नुभयो वा पोजिटिभ परीक्षण भएको कसैसँग घनिष्ठ सम्पर्क गर्नुभयो भने तपाईं COVID-19 हुने जोखिममा हुनुहुन्छ।
तपाईंले लक्षणहरूको लागि निगरानी गर्नुपर्छ र पोजिटिभ परीक्षण भएको कसैसँग सम्पर्क गरेपछि ७ दिनसम्म नियमितरूपमा परीक्षण गर्नुपर्छ। यस समयमा, तपाईंलाई निम्न कुराहरू गर्न सिफारिस गरिन्छ:
- अस्पताल, वृद्ध हेरचाह सुविधा, र अशक्तता सेवाहरू नजानुहोस्
- घरबाट बाहिर निस्कँदा, सार्वजनिक यातायातमा र कार्यालय र विद्यालयजस्ता भित्री ठाउँहरूमा मास्क लगाउनुहोस्
- सम्भव भएसम्म झ्यालहरू खोलेर भित्री ठाउँहरूमा ताजा हावा बहन दिनुहोस्
सम्पर्कहरूको लागि चेकलिस्ट (Checklist for बारे थप जानकारी।
Reviewed 12 December 2022