vic_logo
coronavirus.vic.gov.au

QR Code प्रयोग गरेर नाम दर्ता - नेपाली (Nepali)

तपाई व्यवसाय स्थलहरुमा प्रवेश गर्दा QR code र Service Victoria एप प्रयोग गरेर कसरी आफ्नो नाम दर्ता गर्ने भन्नेबारेमा जानकारी

प्रवेश गर्दा नाम दर्ता (चेक इन) कसरी गर्ने

1. तपाईको क्यामेरा एप खोल्नुहोस् अनि आफ्नो फोनलाई QR code मा देखाउनुहोस् ।

2. स्क्रिनमा देखा पर्ने लिंकमा थिच्नुहोस् ।

3. तपाईको विवरण भर्नुहोस् र “Check- in to this location” (यो स्थानमा प्रवेशदर्ता गर्ने) मा क्लिक गर्नुहोस् ।

Service Victoria  एपलाई डाउनलोड गर्नुहोस् ।

मैले प्रवेशदर्ता (चेक इन) किन गर्नुपर्छ ?

जब तपाईले प्रवेशदर्ता गर्नुहुन्छ,  तपाईले कुनै स्थानमा भ्रमण गरेको समय र मितिको रेकर्ड सृजना गर्नुहुन्छ ।

यसको मतलब, यदि त्यहाँ COVID-19 प्रकोप भेटिएमा COVID-19 संक्रमितले भ्रमण गरेका कुनै सार्वजनिक स्थलहरूमा तपाई जानु भएको थियो भने सम्पर्क पहिल्याउने अधिकारीहरु (कन्ट्याक्ट ट्रेसर) ले छिट्टै तपाईको सम्पर्क थाहा पाउन सक्छन् र तपाईसँग सम्पर्कमा रहन्छन् । यसले COVID-19 प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्नेछ ।

Where do I need to check-in?

मैले कहाँ प्रवेशदर्ता गर्नुपर्छ ?

भिक्टोरिया सरकारको डिजिटल रेकर्ड राख्ने प्रणालीमा जोडिएका निःशुल्क सेवाहरु Victorian Government QR Service वा Victorian Government Application Programming Interface (API) प्रयोग गरेर देहाएका सबै स्थान तथा सुविधाहरुमा सबै सेवाग्रहीहरुले प्रवेशदर्ता गर्नुपर्छः

  • आतिथ्य सेवाहरु (भोजन तथा मदिरा पिउने व्यवसायहरू, जस्तैः क्याफे, रेष्टुराँ, पब, बार, क्लब, रात्रिक्लब, काराओके तथा होटेललगायत, टेकवे अर्थात् घर लैजान मिल्ने सेवाबाहेक) ।
  • भित्री (इनडोर) शारीरिक खेल-मनोरञ्जन तथा सामुदायिक खेल (कर्मचारी तथा कमर्चारीबेगरका जिम, खेल केन्द्र, भित्री स्केटपार्क तथा भित्री ट्रयाम्पोलाइनिङ्ग केन्द्रहरु लगायत)
  • बाह्रय (आउटडडोर) शारीरिक खेल-मनोरञ्जन तथा सामुदायिक  खेल केन्द्रहरु
  • पौडी पोखरी, स्पा, साउना, वाष्पकक्ष तथा झरनाहरु (भित्री र बाह्य स्थलहरु, स्थलको पानीजन्य वा पानीबेगरका भागहरु लगायत)
  • कपाल काट्ने सजाउने, सौन्दर्य तथा व्यक्तिगत हेरचाह सेवाहरु
  • आवास (साझा, साम्प्रदायिक ठाउँहरुका आगन्तुक)
  • समारोह तथा धार्मिक भेलाहरु (पूजा गर्ने ठाउँहरु लगायत)
  • विवाहः विवाह हुने स्थानको आवश्यकता अनुसार रेकर्ड राख्नु पर्छ ।
  • अन्त्येष्टिः अन्त्येष्टि हुने स्थानको आवश्यकता अनुसार रेकर्ड राख्नु पर्छ ।
  • सामुदायिक स्थान तथा सुविधाहरु जस्तै पुस्तकालय तथा खेलौना लाइब्रेरीहरू (बाह्य स्केट पार्क, खेलमैदान, र अन्य बाह्य साम्प्रदायिक क्षेत्र समावेश छैनन्)
  • सृजनात्मक कला सुविधाहरु
  • रियल इस्टेट (घरजग्गा) निरीक्षण तथा लिलामीहरु
  • बस्न मिल्ने मनोरञ्जन स्थलहरु (भित्री तथा बाह्य)
  • बस्न नमिल्ने भित्री (इनडोर) स्थलहरु (जस्तै ग्यालरी)
  • बस्न नमिल्ने बाह्य मनोरञ्जन स्थलहरु (जस्तै चिडियाघर, प्रत्यक्ष संग्रहालयहरु)
  • खेल खेल्न आर्केड, लुकेर खेल्ने स्थान (एसकेइप् रुम), बिङ्गो केन्द्रहरु
  • ड्राइभ-इन सिनेमाहरु
  • मनोरञ्जन पार्कहरु
  • जुवा खेल्ने ठाउँ (क्यासिनो, गेमिङ् मेसिन क्षेत्रहरु, खुद्रा बाजी लगाउने स्थलहरु)
  • वयस्क मनोरञ्जन (वेश्यालय, यौन कृयाकलाप हुने स्थलहरु, यौनजन्य मनोरञ्जन स्थलहरु)
  • निम्न लगायतका व्यापारिक पर्यटन व्यवसायहरु (तर यत्तिमा सीमित छैन):
    • संग्रहालय, प्रदर्शनस्थल, ऐतिहासिक ठाउँहरुको निर्देशित भ्रमणहरु
    • साहसिक खेलहरु (बलुनिङ्, एबसेइलिङ्ग, रक क्लाइम्बिङ्ग, कनोइङ्ग, कायाकिङ्ग)
    • समुद्रमा गरिने गरिबिधिहरू (कायाकिङ्ग, स्कुबा, फिसिङ्ग, सर्फिङ्ग)
  • व्यापारिक यात्रु बाहनहरू ।

ती स्थानहरुले QR code स्क्यान गर्ने साधन नभएका वा त्यसलाई प्रयोग गर्न नजान्ने मानिसहरुका लागि कुनै वैकल्पिक रेकर्ड राख्ने प्रणाली पनि उपलब्ध गराउनुपर्छ । यसको लागि त्यस्ता मानिसहरुले प्रयोग गर्नसक्ने आईप्याड जस्ता सुविधा उपलब्ध हुनुपर्छ वा यदि विद्युतीय रेकर्ड राख्ने ब्यवस्था छैन भने हातैले रेकर्ड राख्न कलम र कागज उपलब्ध हुनुपर्छ ।

शुक्रबार २६ मार्चदेखि,  ग्राहकसँग प्रत्यक्ष कारोबार गर्ने उद्योगहरुमा निःशुल्क Victorian Government QR Code Service  वा  API compatible digital record keeping service प्रयोग गर्नु अनिवार्य भएको छ । ती उद्योगहरुको सूची coronavirus.vic.gov.au मा हेर्न सकिन्छ ।

यदि तपाईको QR Code सेवा API संगत सेवाहरु होइन भने कृपया निःशुल्क Victorian Government QR Code Service मा परिवर्तन गर्नुहोस् । परिवर्तन गर्ने निर्देशनका लागि कृपया coronavirus.vic.gov.au/register-to-use-vic-gov-qr-code-service मा जानुहोस् ।

सूचीकृत नभएका अन्य स्थलहरु जस्तै सुपरमार्केट, मार्केट, खुद्रा तथा सपिङ्ग केन्द्रहरुले Victorian Government QR Code Service वा कुनै an API compatible digital record keeping service प्रयोग गर्न उच्च सिफारिश गरिन्छ ।

रेकर्ड राख्ने सम्बन्धमा थप जान्नका लागि यो वेबसाइट हेर्नुहोस्: Record keeping for Contact Tracing - Information for Business

मेरा विवरणहरू कसरी प्रयोग गरिन्छ ?

यदि तपाईले भ्रमण गरेको कुनै स्थलमा शंकास्पद वा निश्चित COVID-19 को संक्रमण देखा परेको खण्डमा तपाईको प्रवेशदर्ताको विवरणलाई कन्ट्याक्ट ट्रेसिङ्गको उद्देश्यका लागि मात्र प्रयोग वा साझा गरिन्छ ।

तपाईको व्यक्तिगत विवरणलाई COVID-19 प्रकोपलाई व्यवस्थापन गर्नका लागि स्वास्थ्य अधिकारीहरुले मात्र प्रयोग गर्न सक्छन् ।

यदि तपाईले भ्रमण गरेको स्थलमा कुनै प्रकोप छैन भने तपाईको प्रवेशदर्ता विवरणलाई २८ दिनपछि मेटाइनेछ । यदि तपाईको विवरणहरु प्रकोपलाई व्यवस्थापन गर्नका निम्ति भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी (Victorian Chief Health Officer ) लाई उपलब्ध गरिएको छ र ती विवरणहरु सम्पर्क पहिल्याउन (कन्ट्याक्ट ट्रेसिङ्ग) गर्ने उद्देश्यका लागि आवश्यक छन् भने तपाईको विवरणहरु २८ दिनभन्दा बढी राखिन सक्छ । तपाईको विवरणलाई मार्केटिङ्ग (बजार प्रवर्द्धन) वा अन्य प्रयोजनका लागि प्रयोग गरिनेछैन ।

तपाईले अनलाइन प्रवेशदर्ता गर्दा तपाईको गोपनीयतालाई कसरी संरक्षण गरिन्छ भन्ने बारे थप पढ्नुहोस् ।

प्रवेशदर्ताका लागि मैले केही डाउनलोड गर्नुपर्छ ?

अधिकांश मानिसहरूले केही पनि डाउनलोड गर्नुपर्दैन । तपाईले केवल आफ्नो समार्टफोनको क्यामेरा प्रयोग गर्नुपर्छ ।

यदि तपाईसँग स्मार्टफोन छैन वा प्रयोग गर्न सक्नुहुन्न भने उक्त स्थलले प्रवेशदर्ताका लागि वैकल्पिक तरिका व्यवस्था गर्नुपर्छ- जस्तै तपाईको विवरण भर्नका लागि आईप्याड उपलब्ध गराउने वा विद्युतीय रेकर्ड राख्ने सुविधा छैन भने कलम तथा कागजको प्रयोग गर्ने ।

QR code के हो ?

QR code एक लिंक हो जसलाई तपाईको स्मार्टफोनको क्यामेराले पहिचान गर्न सक्छ ।

यहाँको अवस्थामा यसले तपाई जान लागेको वा रहेको स्थलमा आफ्नो नाम दर्ता गर्न प्रवेशदर्ता (चेक इन) लाई सकृय बनाउँदछ ।

मेरो फोनले स्क्यान गर्दैन । मैले कसरी प्रवेशदर्ता गर्ने ?

यदि तपाईको फोनले स्वचालितरुपमा आफैं प्रवेशदर्ता शुरु गर्दैन भने Service Victoria एप डाउनलोड गरेर प्रवेशदर्ता (चेक इन) गर्नुहोस् ।

यदि तपाईले कमजोर फोन सिंग्नल वा कम ब्याट्रीजस्ता प्राविधिक वा नेटवर्क समस्याका कारण QR code प्रयोग गरेर प्रवेशदर्ता (चेक इन) गर्न सक्नुहुन्न भने सो स्थलले तपाईलाई प्रवेशदर्ता गर्ने वैकल्पिक उपाय प्रदान गर्नुपर्छ- जस्तै तपाईको विवरण भर्नका लागि आईप्याड उपलब्ध गराउने वा विद्युतीय रेकर्ड राख्ने सुविधा छैन भने कलम तथा कागजको प्रयोग गर्ने ।

मद्दत चाहिएमा मैले कसलाई फोन गर्ने ?

यदि तपाईलाई मद्दत चाहिएमा भिक्टोरिया स्वास्थ्य विभागको COVID-19 हटलाइनलाई 1800 675 398 मा फोन गर्नुहोस् । यदि तपाईलाई फोनमा कुरा गर्न दोभाषेको आवश्यकता पर्छ भने कृपया TIS National लाई 131 450 मा सम्पर्क राख्नुहोस् ।

Reviewed 05 May 2021

24/7 Coronavirus Hotline

If you suspect you may have COVID-19 call the dedicated hotline – open 24 hours, 7 days.

Please keep Triple Zero (000) for emergencies only.

Was this page helpful?