vic_logo
coronavirus.vic.gov.au

यात्रा र यातायात (Travel and transport) - नेपाली (Nepali)

सार्वजनिक यातायात, क्वारेन्टिन र अन्तरराज्यीय र वैदेशिक यात्रामा भएका परिवर्तनहरूका बारे थाहा पाउनुहोस्।

तपाईंले हाम्रो यात्रा र यातायात (Travel and transport) पृष्ठमा अंग्रेजी भाषामा थप जानकारी पाउन सक्नुहुन्छ।

यदि तपाईंलाई आफ्नो भाषामा थप मद्दतको आवश्यकता छ भने, तपाईंले 131 450 मा  राष्ट्रिय अनुवाद तथा दोभाषे सेवा (TIS National) लाई फोन गर्नुहोस् र दोभाषे माग्नुहोस्, त्यसपछि, त्यसपछि सार्वजनिक यातायात भिक्टोरिया (Public Transport Victoria) को कल सेन्टरको नम्बर 1800 800 007 मा सम्पर्क गराइदिन अनुरोध गर्नुहोस्।

हामी सबै मिलेर यसपालिको गर्मी याम COVIDSafe राख्न सक्छौं र भिक्टोरिया खुल्ला राख्न सक्छौं।

भिक्टोरियाबासीहरू प्रकृतिमा रमाउन, हाम्रा समुद्री तटहरू, नदीहरू, पार्कहरू र वनहरूको आनन्द लिन मन पराउँछन् । यसपालिको गर्मी याममा यदि हामी सबै COVIDSafe भयौ भने हामी भिक्टोरिया सबैका लागि खुल्ला राख्न सक्नेछौं।

तपाईं यात्रा गर्नु अघि, स्थानीय नियम र सर्तहरू (check local rules and conditions) पत्ता लगाउन www.coronavirus.vic.gov.au हेर्नुहोस् ताकि त्यहाँ पुग्दा तपाईं  तयार हुन सक्नु हुन्छ र साथै पछिल्लो सार्वजनिक स्वास्थ्य सुझावहरूको बारे अद्यावदिक रहनुहुनेछ ।  

यदि तपाईं अस्वस्थ हुनुहुन्छ भने परीक्षण गराउनुहोस् र घरमै बस्नुहोस् र यदि तपाईं घर बाहिर बसोबास गर्दै हुनुहुन्छ भने परीक्षणको परिणाम नआएसम्म आफ्नो आवास नछोड्नुहोस् ।

सम्पर्क ट्रेसिंग (contact tracing) मा मद्दतको लागि तपाईं र तपाईंसँग यात्रा गर्नु भएका मानिसहरू र तपाईंले भ्रमण गर्नु भएका ठाउँमा भेटेका मानिसहरूको रेकर्ड राख्नुहोस् ।

यसपालिको गर्मी याममा हरेक कुरामा बिस्तार हुन सक्छ । लाइनमा पर्खँदा वा भिडभाडमा हिंड्दा सुरक्षित दूरी राख्न नसकिने अवस्थामा आफ्नो नाकमुख छोप्ने मास्क लगाउनुहोस्, धैर्य गर्नुहोस् र अरूलाई ठाउँ दिनुहोस् ताकि उनीहरूले पनि तपाईंलाई ठाउँ दिन सक्नेछन् ।

लोकप्रिय क्षेत्रहरू भिड नहुने समयमा जाने गर्ने विचार गर्नुहोस् वा त्यस भ्रमण स्थलमा यस्तो समय उपलब्ध छ कि छैन पहिल्यै जाँच गर्नुहोस् ।

कुनै पनि समयमा सबैलाई सुरक्षित रूपमा अटाउन स्थालहरूमा मानिसहरूको संख्या सीमित राखेको हुन सक्छ । यसमा आवास प्रदायक, होटल, रेस्टुरेन्ट, क्याफे र पर्यटक आकर्षणहरू (खुला भएमा) जस्ता स्थलहरू पर्छन् । सम्भव भएमा, लाममा बस्न नपर्ने गरि वा ठाउँ नपाएर फर्कन नपर्ने गरि पहिल्यै बुकिंग गर्नुहोस् वा फोन गरेर जानुहोस् ।

तपाईं टाढा घुम्न गएको समयमा प्रतिबन्धहरू परिवर्तन हुन सक्दछन् । त्यसैले लचकता उपनाउन तयार भएर बस्नुहोस् ।  मा गएर भिक्टोरिया प्रतिबन्ध कुन चरणमा छ जाँच गर्नुहोस् वा कोरोनाभाइरस (COVID-19) हटलाइनलाई 1800 675 398 मा फोन गर्नुहोस् ।

महत्त्वपूर्ण कुरा, प्रकृतिको कदर गर्नुहोस् । तोकिएको  बाटो (ट्र्याक) मा रहनुहोस् । तपाईंको फोहोरहरू आफूसँगै लैजानुहोस् । लाइफगार्ड र पार्क रेंजरहरूका संकेत तथा निर्देशनहरूको पालना गर्नुहोस् ।

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने TIS National (अनुवाद र दोभाषे सेवा) लाई  131 450 मा फोन गर्नुहोस् ।

अन्य भाषाहरूमा उपलब्ध जानकारीको लागि https://www.coronavirus.vic.gov.au/translated-information-about-coronav… हेर्नुहोस् ।

क्याम्पिंग (Camping) र क्याराभ्यानिंग (caravanning)

यदि तपाईं क्याम्पिंग वा क्याराभ्यानिंग गर्ने योजना गर्दै हुनुहुन्छ भने यात्रामा जानु अघि योजना बनाउनु होस् ताकि तपाईं त्यहाँ पुगिसके पछि त्यहाँका नियमहरू बुझ्न र पालना गर्न सक्नु हुनेछ ।

कुनै क्याम्पिंग स्थलहरू तपाइँले अगाडि नै बुक गर्न आवश्यक हुन सक्छ । यात्रा गर्नु अघि तपाईंले स्थाल (ठाउँ) बुक गरेको निश्चित गर्नुहोस्।

१.५ मिटरको दूरीमा बस्नुहोस् र हात सेनिटाइजर लगाउन सम्झनुहोस् ।

आगन्तुकहरूको संख्या सीमित राखिन सक्छ । बुकिंग प्रक्रियामा ट्र्याकिंग एवं ट्रेसिंग (पछ्याउने) गर्ने जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।

यदि क्याम्पिंग वा क्याराभ्यानिंग स्थलहरूमा चिह्न लगाइएको छैन भने तपाईंको र अर्को पक्षको बीचमा गाडीको लम्बाई (सेडान गाडी) वा पालको लठ्ठा वा 'प्याडल' को लम्बाईको दूरी राख्नुहोस् ।

बार्बिक्यू, बाहिरी खाना फकाउने कुकटपहरू र  क्याम्पफायर हट प्लेटहरू प्रयोग गर्नु अघि र प्रयोग गरेपछि  सफा

गर्नुहोस् ।

हाम्रा पार्क र जंगलहरूमा आगो बाल्ने र क्याम्पिंग गर्ने सम्बन्धि नियमहरू छन् । के तपाईंलाई थाहा छ? तपाईंले  क्याम्पिंगमा आगो बालेर त्यतिकै कहिल्यै छोड्नु हुँदैन र आगोलाई माटोले छोपेर हैन कि पानी हालेर पूरै निभाउने जिम्मेवारी तपाईंको हो । तपाईं यात्रा गर्नु अघि क्याम्पिंग गर्दा सुरक्षित तरिकाले आगो बाल्ने (क्याम्पफायर) बारेमा पढ्नुहोस् ।

आफ्नो फोहोरलाई आफूसँगै लैजानुहोस् र यसलाई ठीकसँग फाल्नुहोस् । फोहोर छाडेर जाँदा स्वास्थ्यमा जोखिम हुन सक्छ र हामी सबैजना COVIDSafe रहन चाहन्छौं ।

पैदल यात्रा, पदयात्रा (हाइकिंग), 4WD गाडी चलाउने, माउन्टेन वा ट्रेल बाइकिंग

हिंड्दा १.५ मिटर टाढा रहनुहोस् र हाते सेनिटाइजर लगाउन सम्झनुहोस् । यदि तपाईं अस्वस्थ महसुस गर्नुहुन्छ भने, परिक्षण गराउनुहोस् र घरमा बस्नुहोस् ।

यसपालिको गर्मी याममा प्राकृतिक स्थलहरूमा जानु अघि VicEmergency  एप प्रयोग गरेर तपाईं जान चाहेको ठाउँको प्रतिबन्धहरू जाँच गर्नुहोस् किनकि अन्य कुनै ठाउँमा जानु पर्ने अवस्था हुन सक्छ ।

हिड्ने बाटो (ट्र्याक) हरू सायद व्यस्त हुनेछन् । त्यसकारण शारीरिक दूरी कायम राख्न बायाँ तर्फ हिड्नुहोस् र सुरक्षित रूपमा अरूलाई उछिनेर अगाडि जान बाटो एक तर्फी हो कि भनेर जाँच गर्नुहोस् ।

तपाईंको यात्राको योजना बनाउनुहोस् र तपाईं निस्कनु अघि तपाईंको मार्ग जाँच गर्नुहोस् ।

तोकिएका बाटो (ट्र्याक) हरूमा रहनुहोस् । भिडभाडबाट जोगिन नतोकिएको फरक बाटोबाट जानु खतरनाक हुन सक्छ र यसले संरक्षित वा सांस्कृतिक महत्वको क्षेत्र बिगार्न सक्छ । यो गैरकानूनी पनि हो र जरिवान लाग्न सक्छ ।

याद गर्नुहोस् कि तपाईं आफ्नो र तपाईंको हेरचाहमा रहेका व्यक्तिहरूको सुरक्षाको लागि जिम्मेवार हुनुहुन्छ ।

पार्क र बगैंचाहरू

यसपालिको गर्मी याममा हाम्रा सुन्दर पार्क र बगैचाहरूमा COVIDSafe रहन को लागि सँधै आफू बीच दूरी राख्नुहोस्, सेनिटाइजर ल्याउनुहोस् र तपाईंलाई भित्रि परिसरमा जानु परेमा वा सार्वजनिक यातायात प्रयोग गर्नु आवश्यक पर्ने अवस्थाको लागि एउटा सिलाएको नाकमुख छोप्ने मास्क बोक्नुहोस् । याद गर्नुहोस् कि यदि तपाईं सुरक्षित रूपमा दूरी कायम गर्न सक्नुहुन्न भने तपाईं बाहिर नै भएपनि तपाईंले मास्क लगाउनु पर्छ ।

आफ्ना घरपरिवार भन्दा बाहिरका मान्छेहरूबाट १.५ मिटर टाढा राख्नुहोस् - आफ्ना घरपरिवार भन्दा बाहिरका मान्छेहरूसँग पिकनिक जाँदा उनीहरूसँग राख्नु पर्ने दुरी लगभग एक पिकनिक कम्बलको लम्बाई बराबर हुन्छ ।

हाते सेनिटाइजर लग्न नबिर्सनुहोस् र महत्त्वपूर्ण कुरा, यदि तपाईं अस्वस्थ महसुस गर्नुहुन्छ भने परिक्षण गराउनुहोस् र घरमा बस्नुहोस् ।

धेरै भिक्टोरियाबासीहरू घर बाहिर रमाईलो भेटघाट गर्दैछन्, त्यसैले अगाडि नै योजना बनाउनुहोस्, अरूको ख्याल गर्नुहोस् र यदि तपाईंको पहिलो रोजाईको स्थान व्यस्त भएको खण्डमा अर्को सुरक्षित बैकल्पिक स्थान रोजेर राख्नुहोस् ।

र कृपया तोकिएको ट्र्याकमा रहनुहोस्, तपाईंको फोहोर आफूसँगै लैजानुहोस्, संरक्षण क्षेत्रहरूको कदर गर्नुहोस् र तपाईं जानु अघि त्यहाँका नियमहरू जान्नुहोस् ।

समुद्री तटहरू (Beaches)

यसपालिको गर्मीमा तपाईं घरबाट निस्कनु अघि केही थप योजनाहरू तय गर्नु महत्त्वपूर्ण हुनेछ किनकि लोकप्रिय समुद्री तटहरू र भू-जलमार्गहरू सहितका सार्वजनिक ठाउँहरूमा सबै आगन्तुकहरू बीच १.५ मिटरको दूरी कायम राख्न आगन्तुकहरूको संख्या सीमित राखिन सक्दछ । याद राख्नुहोस् कि यदि तपाईं अस्वस्थ हुनुहुन्छ भने परिक्षण गराउनुहोस् र घरमा बस्नुहोस् ।

तपाईंलाई भित्रि परिसरमा जान, सार्वजनिक यातायातको प्रयोग गर्न वा भीडमा जान आवश्यक परेको अवस्थामा तथा  सुरक्षित दूरी राख्न नसक्ने अवस्थामा प्रयोग गर्नको एउटा मास्क संधै बोकेर हिड्नुहोस् ।

तपाईं कहाँ जाँदै हुनुहुन्छ योजना बनाउनुहोस् र यो समुद्री तट खुल्ला छ छैन निश्चित गर्नुहोस् । समुद्री तटहरू बन्द भएको जानकारी पाउन VicEmergency एप प्रयोग गर्नुहोस् ।

Beachsafe एप प्रयोग गर्नुहोस् । यस एपमा निगरानी गरिएका समुद्री तटहरूको जानकारी, स्थानीय मौसमको पूर्वानुमान पाईन्छ र साथै यदि तपाईंको पहिलो रोजाईको समुद्री तटहरूमा निकै भीड भएमा अरू वैकल्पिक समुद्री तटहरूको जानकारी पनि पाईन्छ ।

सकेसम्म रातो र पहेंलो झण्डाका बीचको क्षेत्रमा पौडी खेल्नुहोस् । यसको मतलब समुद्री तटमा पौडी खेल्ने क्षेत्रलाई प्रशिक्षित व्यक्तिहरूले (जसलाई लाईफसेभर भनिन्छ) ले निगरानी गरिरहेका हुन्छन् र उनीहरूले रातो र पहेंलो झण्डा बीचमा पौडी खेल्न सबैभन्दा सुरक्षित हुने ठाउँ हो भनेर संकेत दिन्छन् ।

तपाईंको आफ्नो क्षमता जान्नुहोस् र आपतकालीन योजना बनाउनुहोस् र साथै तपाईंलाई आवश्यक हुँदा कसरी मद्दत माग्ने सोच्नुहोस् ।

समुद्री तटमा अरूबाट १. ५ मिटरको दूरी राख्न एक ठूलो तौलियाको लम्बाइलाई मानकको रूपमा प्रयोग गर्नुहोस् ।

समुद्री तटमा पुगे पछि त्यहाँका सुरक्षा संकेतहरू पढ्नुहोस् र पानीमा खेल्न प्रवेश गर्नु अघि पानीको स्थिति अवलोकन गर्नुहोस् । यदि अनिश्चित हुनु हुन्छ भने समुद्री तटमा पौडी खेल्ने क्षेत्रलाई निगरानी राख्ने प्रशिक्षित व्यक्तिहरू अर्थात लाइफसेभरहरूसँग सल्लाह माग्नुहोस् ।

बच्चाहरू पानीको वरिपरि खेलिरहँदा नजिकबाट निगरानी राख्नुहोस् र सधैं एक जना साथीसँग पौडी खेल्नुहोस् ।
समुद्री तटमा सुरक्षित रहने बारे जानकारी (beach safety information) अंग्रेजी बाहेक अन्य भाषाहरूमा पनि उपलब्ध छ ।

डुंगा चलाउने, माछा मार्ने र पानीमा सुरक्षित रहने

तपाईं खाडीमा जानुहुन्छ कि वा खुला महासागरमा जानुहुन्छ, नदी, ताल, झरना र खोलामा जानुहुन्छ कि वा पानी जलग्रहण क्षेत्रहरू जानुहुन्छ - जहाँ गए पनि १.५ मिटरको दूरी राख्नुहोस् र हाते सेनिटाइजर नबिर्सनुहोस् । याद राख्नुहोस् कि यदि तपाईं अस्वस्थ हुनुहुन्छ भने परिक्षण गराउनुहोस् र घरमा बस्नुहोस्।

गाडीमा ईन्धन भर्दा, माछा समात्ने 'बेट' किन्दा, जेट्टीमा वा डुंगाको र्‍याम्पमा तपाईंले सरसफाइ र शारीरिक दूरीको नियमहरू पालना गर्नुहुोस् ।

जेट्टीबाट माछा समात्दै गर्दा (फिसिंग गर्दा), अन्य मछुवाहरूबाट १.५ मिटरको दूरीमा रहनुहोस् र माछा मार्ने रड र गेफहरू जस्ता माछा मार्ने उपकरणहरू साझेदारी नगर्नुहोस् ।

तपाईंको जलयान राम्रो अवस्थामा भएको निश्चित गर्नुहोस् र निस्कनु अगाडि मौसम र र्‍याम्पको अवस्था जाँच गर्नुहोस् ।

तपाईंले प्रयोग गर्नको लागि र्‍याम्पहरूको सूची तयार गर्नुहोस् ताकि तपाईंको मनपर्ने र्‍याम्पमा धेरै भीड भएको खण्डमा अर्को कुन चलाउने तपाईंलाई थाहा हुन्छ । तपाईंको डुंगा पानीमा चलाउन तयार नभएसम्म तपाईं गाडीमा बस्नुहोस् ।

एक सुरक्षित र रमाईलो यात्राको योजना गर्न पानीमा जानु भन्दा पहिले आईओएस (iOS ) वा एन्ड्रोइड (Android) का लागि बनाईएकोBoating Vic app for Androidएप डाउनलोड गर्नुहोस् ।  

जीवित रहन तयार हुनुहोस्: यसपालिको गर्मीमा डुंगा, कायाक वा कनोई चलाउदा सुरक्षित रहने पाँच उत्तम तरिकाहरू थाहा पाउनुहोस् ।

भू-जलमार्गहरूमा यात्रा गर्नु अघि चेतावनी र सतर्कताको लागि VicEmergency एप जाँच गर्नुहोस् ।

जब तपाईं त्यहाँ पुग्नुहुन्छ, सुरक्षा संकेत जाँच गर्नुहोस् । पानीमा प्रवेश गर्नु अघि पानीको अवस्था अवलोकन गर्नुहोस् । अनिश्चित भएमा स्थानीयहरू वा पार्क रेंजर्सलाई सोध्नुहोस् ।

भिक्टोरिया यात्रा अनुमति-पत्र योजना (Victorian Travel Permit Scheme)

सोमबार ११ जनवरी २०२१, साँझ ६ बजे देखि अष्ट्रेलियाको कुनै पनि स्थानबाट भिक्टोरिया प्रवेश गर्नको लागि तपाईंले अनुमति-पत्र लिन आवेदन दिनु आवश्यक हुन्छ ।

यो अनुमति-पत्र प्रणाली भिक्टोरियामा बसोबास गर्ने यात्रुहरू तथा भिक्टोरियाबासीहरूका लागि हो जो आफ्नो घर फर्कन चाहन्छन् ।

भिक्टोरियाले अष्ट्रेलियाको अन्य भागहरूलाई त्यस क्षेत्रको कोरोनाभाइरस जोखिम अनुसार हरियो, सुन्तला वा रातो क्षेत्रमा वर्गीकृत गरेको छ ।

अनुमति-पत्रको लागि आवेदन दिंदा तपाईं कहाँबाट आउनु हुँदैछ र कहाँ जाँदै हुनुहुन्छ भन्ने विवरण उपलब्ध गराउनु पर्दछ ।

सीमानामा बसोबास गर्ने समुदाय (border communities) लाई अनुमति-पत्र चाहिदैन तर उनीहरूको घर सीमानामा भएको ठेगानाको प्रमाण देखाउनु आवश्यक हुन्छ ।

कसरी आवेदन दिने?

अनुमति-पत्रको लागि सेवा भिक्टोरिया (Service Victoria) मार्फत आवेदन दिनुहोस् ।

अनुमति क्षेत्र (Permit zones)

रातो क्षेत्र (red zone) को मतलब तपाईं भिक्टोरियामा प्रवेश गर्न सक्नुहुन्न । त्यस क्षेत्रबाट तोकिएको अवस्थामा मात्र तपाईंले प्रवेश गर्न सक्नुहुन्छ, जस्तै तपाईंसँग Specified Worker वा Freight Workers अनुमति-पत्र वा छुट-पत्र (exemption) छ वा सहानुभूतिका कारण प्रवेश गर्न छुट-पत्र दिईएको छ । यदि तपाइँ रातो क्षेत्रबाट छुट-पत्र वा कामको अनुमति-पत्र बिना प्रवेश गर्नुभयो भने तपाईंलाई जरिवाना गराइनेछ र फर्काईनेछ ।

सुन्तला क्षेत्र (orange zone) को मतलब तपाइँले अनुमति-पत्रको लागि आवेदन दिन सक्नुहुन्छ र भिक्टोरिया आइपुगेको ७२ घण्टा भित्र परीक्षण गराउनु पर्नेछ । परीक्षण गराउनु भन्दा अघि र परीक्षण पछि तपाईंको नकारात्मक परिणाम नआए सम्म घरमा बस्नु पर्छ ।

हरियो क्षेत्र (green zone) को मतलब तपाईं अनुमति-पत्रको लागि आवेदन गर्न सक्नुहुन्छ र भिक्टोरिया प्रवेश गर्न सक्नुहुन्छ । भिक्टोरियामा प्रवेश गरिसकेपछि तपाईंले लक्षणहरू याद गर्नु पर्छ र यदि तपाईं अस्वस्थ महसुस गर्नु भएमा परीक्षण गराउनु पर्छ ।

अनुमति छुट-पत्र (Permit exemptions)

यदि तपाईंसँग मान्य कारण छ भने तपाईं ले अनुमति छुट-पत्रको लागि आवेदन दिन सक्नुहुन्छ । यसमा निम्न कारणहरू पर्न सक्छ:

  • जीवन अन्त्यको परिस्थिति (end of life event) वा अन्त्येष्टि
  • स्वास्थ्य, स्वस्थता, हेरचाह वा सहानुभूतिका कारण घर फर्कदै हुनुहुन्छ
  • आपतकालिन स्थानांतरण (emergency relocation)
  •  सीमानाको अर्को क्षेत्रका जनावरको भलाईको लागि (the wellbeing of an animal)

Reviewed 15 January 2021

24/7 Coronavirus Hotline

If you suspect you may have COVID-19 call the dedicated hotline – open 24 hours, 7 days.

Please keep Triple Zero (000) for emergencies only.

Was this page helpful?